१३ माघ २०८२, मंगलबार | January 27, 2026

२०७२ सालको शक्तिशाली भूकम्पको आठ वर्ष पूरा



काठमाडौं । म‌ंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।

भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट खलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन् ।

तर, राज्यले भूकम्पपीडितको बासस्थानलाई खर्च गरेको बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुको अवस्था दयनीय छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : २४ बजे

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु