१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रतिनिधिसभा बैठक बस्दै : आज संबैधानिक परिषद सबन्धी बिद्येयक पारित गरिने



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाईएको छ ।

आजको बैठकबाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसुची पनि बनाईएको छ ।

आजको सम्भावित कार्यसुचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधि) संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथीको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसुची तयार गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : २३ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार