१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नेपाल-भारत अन्डर २० दृष्टि बिहिन महिला क्रिकेटको उपाधि नेपाललाई



पोखरा । विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा दोस्रो नेपाल भारत २० वर्षमुनिका दृष्टि बिहिन महिला क्रिकेट नेपालले जितेको छ । प्रतियोगिता अन्तर्गत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको हो ।

टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतका ५ खेलाडी रन आउट भएका थिए भने १ विकेट विनित पुन र १ विकेट निशा चौधरीले लिएका थिए । जवाफी व्यटिङ्गमा नेपालले २ विकेट गुमाउदै ८ विकेटको विशाल जित हासिल गरेको छ ।

नेपालको लागि प्लेयर अफ द सिरिज विनिता पुनले विस्फोटक व्याटिङ्गगर्दै ५७ वलमा नटआउट १११ रन प्रहार गरेकी थिइन् । उनको व्याटबाट १७ चौका सहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिलो शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेकी छन् ।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वाधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६ बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ०५ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई