१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आईपीएल : बैंग्लोरलाई कोलकाताले हरायो



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २१ रनले हरायो ।

बैंग्लोरले भने घरेलु मैदानमा हार बेहोर्यो । आफ्नो आठौँ खेलमा कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

३७ बलको सामना गरेका कोहलीले ६ चौकासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै, महिपाल लोमरले ३४, दिनेश कार्तिकले २२, फाफ डु प्लेसिसले १७ र सुयश प्रभुदेसाईले १० रन जोडे । विजयकुमार वैशाक १३ र डेविड विलीले ११ रनमा अविजित रहे ।

कोलकाताका लागि वरुण चक्रवर्तीले ३, आन्द्रे रसेल र सुयश शर्माले २-२ विकेट हात पारे । त्यसअघि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।

उसका लागि ओपनर जेसन रोयले अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ५ छक्का र ४ चौकासहित सर्वाधिक ५६ रन बनाए । जारी सिजनमा रोयको यो लगातार दोस्रो अर्धशतक हो । उनले अघिल्लो खेलमा चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध २६ बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए ।

बैंग्लोरविरुद्ध कप्तान नितिश राणाले २१ ब्लमा ४ छक्का र ३ चौकाको मद्दतमा ४८ रनको इनिङ खेले । वैंकटेश अय्यर, नारायण जगदीशन २७ र आन्द्रे रसेल १ रनमा आउट भए ।

अविजित रहेका रिंकु सिंहले १० बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रनको योगदान दिए । डेविड भिसेले १२ बलमा २ छक्कासहित अविजित १२ रन जोडे ।

बैंग्लोर लागि विजयकुमार वैशाक, वानिन्दु हसरंगाले २र२ र मोहम्मद सिराजले १ विकेट लिए । यो जितपछि कोलकाता अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । उसले ८ खेलमा ५ मा हार तथा ३ खेलमा जित हात पारेको छ ।

हारपछि पनि पाँचौं स्थानमा कायमै रहेको बैंग्लोरले ८ मध्ये ४ मा जित र ४ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ४२ बजे

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ