४ पुस २०८२, शुक्रबार | December 20, 2025

सन्दीपबाहेक नेपालका सबै ब्याट्सम्यान फ्लप, कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य



काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध निराशाजनक ब्याटिङ गरेको नेपाल १५७ रनमै समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाली टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । कतारले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको छ ।

सन्दीप लामिछानेले ४२ रनको अविजित पारी खेले पनि अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कप्तान रोहित पौडेल २७, आसिफ शेख १९ र दीपेन्द्रसिंह ऐरी १२ रनमा आउट हुँदा आरिफ शेख र सोमपाल कामी समान ११ र ११ रन जोडे । गुल्सन झा ८, भीम सार्की ६, कुशल मल्ल ३ र कुशल भुर्तेल २ रन बनाएर आउट हुँदा ललित राजवंशीले १ रन जोडे ।

यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ । नेपाल सेमीफाइनलमा भने पुगिसकेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १२ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको