१० भदौ २०८३, बुधबार | August 26, 2026

सन्दीपबाहेक नेपालका सबै ब्याट्सम्यान फ्लप, कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य



काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध निराशाजनक ब्याटिङ गरेको नेपाल १५७ रनमै समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाली टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । कतारले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको छ ।

सन्दीप लामिछानेले ४२ रनको अविजित पारी खेले पनि अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कप्तान रोहित पौडेल २७, आसिफ शेख १९ र दीपेन्द्रसिंह ऐरी १२ रनमा आउट हुँदा आरिफ शेख र सोमपाल कामी समान ११ र ११ रन जोडे । गुल्सन झा ८, भीम सार्की ६, कुशल मल्ल ३ र कुशल भुर्तेल २ रन बनाएर आउट हुँदा ललित राजवंशीले १ रन जोडे ।

यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ । नेपाल सेमीफाइनलमा भने पुगिसकेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १२ : ३२ बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी