४ पुस २०८२, शुक्रबार | December 20, 2025

सन्दीपको उत्कृष्ट प्रदर्शनसंगै कतारविरुद्ध नेपालको सानदार जित, समूह विजेता बन्दै सेमीफाइनलमा



काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले सानदार जित हासिल गरेको छ । सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाएको थियो ।

समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपाल यो जितसँगै समूह विजेता बन्यो ।

नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए भने कप्तान रोहित पौडेलले २७ र आसिफ सेखले १९ रनको योगदान दिए । अन्य सबै ब्याट्सम्यानको प्रदर्शन कमजोर रहँदा नेपाल १५७ मा समेटिएको थियो ।

१५८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका कतारका खेलाडी नेपाली बलरको धारिलो बलिङका सामु टिक्न सकेनन् । एकपछि अर्को विकेट गुमाउँदै गए र २५.५ ओभरको समाप्तिमा सम्पूर्ण विकेट गुमाउँदै कतार ८९ रनमा समेटियो ।

नेपालका तर्फबाट लामिछानेले ५, सोमपाल कामीले ३ र ललितसिंह राजवंशीले २ विकेट लिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको