१६ असार २०८३, मंगलबार | June 30, 2026

एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘बी’ को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि कुवेतले सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको हो ।

कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा सीमित भयो ।

यता नेपाल पनि समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो ।

नेपाल समूह चरणमा अपराजित रह्यो । जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।

आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५र१५ रन जोडए भने अमिर फरिकले १४ रन बनाए ।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए भने सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ शेखले ११-११ रन बनाए ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीनरतीन विकेट लिए भने गयान मुनवाराले दुई विकेट लिए ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह ‘बी’ को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ६ : ३० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी