१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ



गुल्मी । गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका-५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।

उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ ।

लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको रु एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो । उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो ।

वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ । वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पु¥याउन खोजेको अधिकृत पङ्गेनीको आरोप छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ४७ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई