२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिदैछन् ।

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन् ।

माओवादीबाट सरकारमा पठाउनेहरुको नाम टुंगो नलागेको संसदीयदलका नेता जोख बहादुर महराले बताए । ‘छलफल मै छौं, सपथको समय अघि टुंगो लागे केही साथीहरुले सपथ लिनुहुन्छ, अन्यथा मुख्यमन्त्रीको मात्र सपथ हुन सक्छ ।’ उनले भने ।

उनले आधाआधा कार्यकालको सहमति भएको पनि बताए । आधाआधाको सहमति लिखित कि मौखिक ? भन्ने खबरकुराको प्रश्नमा नेता महराले आफुहरुले राजनीतिमा देखिएको फोहरी खेललाई सफा गर्न खोजेको भन्दै इमान्दारितामा लिखित वा मौखिकको भन्दा नैतिकताको महत्व हुने बताए । ‘लिला गिरीसँग पनि आधाआधा भनेकै होनी, तर कार्यकाल नै पुरा भएन ।’ उनले भने ।

यद्धपी, मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : १४ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी