१८ श्रावण २०८३, सोमबार | August 3, 2026

अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन



बुटवल । बुटवलस्थित अक्सफोर्ड माविमा दुई दिने अभिभावक अभिमुखीकरण तथा बनौ संस्कारी पुस्तकको विमोचन भएको छ ।

पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै प्रशंसा व्यक्त गरे । पाण्डेले बालबालिकालाई संस्कार सहितको शिक्षा आवश्यकता भएको बताउँदै त्यसको पूर्णता पुस्तक दिने आशा व्यक्त गरे ।

विद्यालयका प्राचार्य दिनेश भुसालले पुस्तक विमोचन तथा अभिमुखीकरण कार्यक्रममा विद्यालयले शिक्षासँगै संस्कार जोड़ने अभियान सुरू गरेको भन्दै बनौ संस्कारी पुस्तक प्रकाशित गरेको बताए । प्राचार्य भुसालले हाम्रो इतिहास संस्कार र संस्कारीका गाथाहरुले भरिएको हुँदा अक्सफोर्ड माविले संस्कार सहितको शिक्षण सुरू गर्न थालेको बताए ।

कार्यक्रममा अक्षरा स्कुल काठमाडौंका प्रिन्सिपल अन्जु भट्टराई, प्रशिक्षक डा. राजु अधिकारी, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी कलेजका अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

पाँच सय अभिभावक सहभागी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक डा.राजु अधिकारीले कलिलो उमेरका नानीबाबुलाई पोशिलो खानेकुराको आवश्यकता परे जस्तै संस्कारयुक्त शिक्षाको आवश्यक रहेको हुदा अक्सफोर्डले थालेको कदमप्रति अभिभावकले साथ दिनु अपरिहार्य रहेको बताए । दुई दिनसम्म चलेको कार्यक्रमको सञ्चालन सहायक प्राचार्य चिरञ्जीवी सापकोटाले गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ३९ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य