१४ बैशाख २०८३, सोमबार | April 27, 2026

एसिसी प्रिमियर कप : रोहित चम्किँदा कुवेतलाई दियो २८२ रनको लक्ष्य



काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले कुबेतलाई बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २७९ रन बनाएको हो । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । अर्का युवा ब्याटर कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । भुर्तेलले ४३ र शेखले ३१ रन बनाएर आउट भए । भीम सार्की भने १ रनमै आउट भए ।

यस्तै, आरिफ शेखले १९ रन, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले१३ रन, करन केसीले ८ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए ।

कुबेतका लागि मोहम्मद असलम र अदनान इद्रिसले समान दुई/दुई विकेट लिए । सैयद मोनिब र यासिन पटेलको नाममा एक/एक विकेट रह्यो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : ३४ बजे

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

ढोरपाटन । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष

रसुवागढी भन्सार : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार