२ पुस २०८२, बुधबार | December 18, 2025

एसिसी प्रिमियर कप : रोहित चम्किँदा कुवेतलाई दियो २८२ रनको लक्ष्य



काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले कुबेतलाई बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २७९ रन बनाएको हो । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । अर्का युवा ब्याटर कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । भुर्तेलले ४३ र शेखले ३१ रन बनाएर आउट भए । भीम सार्की भने १ रनमै आउट भए ।

यस्तै, आरिफ शेखले १९ रन, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले१३ रन, करन केसीले ८ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए ।

कुबेतका लागि मोहम्मद असलम र अदनान इद्रिसले समान दुई/दुई विकेट लिए । सैयद मोनिब र यासिन पटेलको नाममा एक/एक विकेट रह्यो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : ३४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल