१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ पुस्तक लोकार्पण



काठमाडौं । पाकिस्तानी राजदूतावासको आयोजनामा नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ नामक पाकिस्तानका बौद्ध सम्पदासम्बन्धी पुस्तकको लोकार्पण गरिएको छ ।

पूर्व राजदूत एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठद्वारा लिखित सो पुस्तक हिरण्य इन्टरनेशनल लाइब्रेरीसँगको सहकार्यमा प्रकाशित भएको हो ।

प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांस्कृतिक सम्पदा जनता–जनताबीचको सम्पर्कको महत्वपूर्ण पाटो भएको बताए । खनालले हिरण्यलाल श्रेष्ठको प्रयासको प्रशंसा गर्दै बौद्ध सम्पदा दुवै देशको साझा विरासत भएको जिकिर गरे ।

कार्यक्रमका विशेष अतिथि नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले हिरण्यलाल श्रेष्ठको कामको प्रशंसा गर्दै साझा बौद्ध विरासतमाथि जोड दिए । उनले नेपाल र पाकिस्तानबीचको स्थायी सम्बन्धको रूपमा सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्वमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, धम्ममोली परियोजनाका सह–संस्थापक प्रा. भिक्कुनी डाक्टर धम्म विजय, प्रख्यात संस्कृतिविद् डाक्टर गोपाल पोखरेल र पूर्वमन्त्री किरपाल श्रेष्ठ लगायत भिक्षु तथा बौद्ध विद्वानहरु सहभागि थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : २० बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल