१३ बैशाख २०८३, आइतबार | April 27, 2026

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश



काठमाडौं । निरन्तर पानी परेपछि सेमिफाइनल खेल रद्द हुँदा नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीच आज भैरहेको सेमिफाइनल खेल पानी परेपछि बीचैमा रद्द हुन पुगेको हो । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

कुवेतका लागि नेपालले २८२ रनको लक्ष्य दिएको थियो । तर कुवेतले जवाफी ब्याटिङ गर्दैगर्दा लगातार पानी परेपछि खेल रद्द हुँदा नेपाल फाइनलमा प्रवेश गरेको हो । विशाल लक्ष्य पछ्याईएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको थियो ।

यसअघि पहिलो इनिङमा पनि पानी पर्दा खेललाई ४२ ओभरमा छोट्याइएको थियो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ५१ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र