३० भदौ २०८३, मंगलबार | September 15, 2026

आईपीएल : दिल्लीविरुद्ध हैदराबादको रोमाञ्चक जित, अंक तालिकामा मुम्बईलाई उछिन्यो



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले तेस्रो जित जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हरायो ।

दिल्लीले भने घरेलु मैदानमै हार बेहोर्‍यो । आफ्नो आठौँ खेलमा हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । उसका लागि मिचेल मार्शले अलराउन्ड प्रदर्शन गरे पनि दिल्लीले हार टार्न सकेन ।

उनले ३९ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ६३ रनको पारी खेले । फिल साल्टले ३५ बलमा ९ चौकासहित ५९ रन बनाए । अक्षर पटेल २९, रिपल पटेल ११ रनमा अविजित रहँदा प्रियम गर्ग १२ रनमा आउट भए ।

कप्तान डेविड वार्नरले भने खाता खोल्न सकेनन् । हैदराबादका लागि मयंक मार्कन्डेले २, अभिषेक शर्मा, भुवनेश्वर कुमार, अकिल हुसेन र टी नटराजनले १-१ विकेट लिए ।

त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो । उसका लागि अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ६७ रन बनाए ।

विकेटकिपर हेनरिक क्लासेनले २७ बलमा ४ छक्का र २ चौकाको मद्दतमा अविजित ५३ रनको पारी खेले । अब्दुल समदले २८, अकील हुसेनले अविजित १६ रन बनाउँदा राहुल त्रिपाठी ११ रनमा आउट भए । दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा एक मेडन फालेर २७ रन दिँदै ४ विकेट लिए ।

अक्षर पटेल र इशान्त शर्माले १र१ विकेट हात पारे । यो जितपछि हैदराबाद तालिकाको आठौँ स्थानमा उक्लिएको छ । उसले ८ खेलमा ५ मा हार तथा ३ खेलमा जित हात पारेको छ । पुछारमा रहेको दिल्लीले भने ८ खेल्दा ६ मा हार तथा २ खेलमा मात्र जित निकालेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ४९ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा