१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

डोल्पामा प्रहरी निरक्षिकको कुटाईबाट प्रहरी हवल्दार गम्भीर घाइते



डोल्पा । डोल्पामा नेपाल प्रहरीका प्रहरी निरक्षिकबाट प्रहरी हवल्दार हवल्दार मरणासन्न हुने गरी कुटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन चापागाईंले डोल्पा कारागारमा कार्यरत प्रहरी हवल्दार हरि आरसीलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन्।

३७ वर्षीय हवल्दार आरसीको कुटपिटबाट बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय परिषर भित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले मरणासन्न हुने गरी कुटपिट गरेको हवल्दार आरसीले बताए। उनले कुटपिटबाट आफ्नो आखाँ, नाक र मुखमा चोट लागेको बताए । गम्भीर घाइते भएका उनलाई डोल्पामा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएकोमा आज मौसम खराब भएर जहाज नआएकोले भोलि मात्रै उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गरिएको छ ।

सल्यानको शिद्धकुमाख गाउँपालिका– ३ स्थायी घर भएका हवल्दार आरसीलाई शनिबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय बोलाएर कुटपिट गरिएको उनले बताए । हवल्दार आरसीले ड्युटी अफ भएको कारण आफुले मदिरा सेवन गरेको स्वीकार गरेका छन् । मदिरा पिएकोमा विभागिय कारवाही गर्नुपर्नेमा आफुमाथि कुटपिट भएको उनले बताए । उनले कुटपिट गर्ने प्रहरी निरीक्षक चापागाईले सम्पूर्ण उपचार खर्च व्यहोर्नुका साथै उनीमाथि कारबाही गर्न माग गरे ।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले घटना गम्भीर भएकाले छानबिन समिति गठन गरेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

पहिला उपचार गर्न हवलदारलाई आफुले सुझाएको बताउँदै उनले छानविन गरेर कारवाही गरिने बताए।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : १८ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,