२१ मंसिर २०८२, आइतबार | December 7, 2025

डोल्पामा प्रहरी निरक्षिकको कुटाईबाट प्रहरी हवल्दार गम्भीर घाइते



डोल्पा । डोल्पामा नेपाल प्रहरीका प्रहरी निरक्षिकबाट प्रहरी हवल्दार हवल्दार मरणासन्न हुने गरी कुटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन चापागाईंले डोल्पा कारागारमा कार्यरत प्रहरी हवल्दार हरि आरसीलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन्।

३७ वर्षीय हवल्दार आरसीको कुटपिटबाट बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय परिषर भित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले मरणासन्न हुने गरी कुटपिट गरेको हवल्दार आरसीले बताए। उनले कुटपिटबाट आफ्नो आखाँ, नाक र मुखमा चोट लागेको बताए । गम्भीर घाइते भएका उनलाई डोल्पामा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएकोमा आज मौसम खराब भएर जहाज नआएकोले भोलि मात्रै उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गरिएको छ ।

सल्यानको शिद्धकुमाख गाउँपालिका– ३ स्थायी घर भएका हवल्दार आरसीलाई शनिबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय बोलाएर कुटपिट गरिएको उनले बताए । हवल्दार आरसीले ड्युटी अफ भएको कारण आफुले मदिरा सेवन गरेको स्वीकार गरेका छन् । मदिरा पिएकोमा विभागिय कारवाही गर्नुपर्नेमा आफुमाथि कुटपिट भएको उनले बताए । उनले कुटपिट गर्ने प्रहरी निरीक्षक चापागाईले सम्पूर्ण उपचार खर्च व्यहोर्नुका साथै उनीमाथि कारबाही गर्न माग गरे ।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले घटना गम्भीर भएकाले छानबिन समिति गठन गरेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

पहिला उपचार गर्न हवलदारलाई आफुले सुझाएको बताउँदै उनले छानविन गरेर कारवाही गरिने बताए।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : १८ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन