६ माघ २०८२, मंगलबार | January 20, 2026

नेपालगन्जको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र परिवार सहित सहभागी



नेपालगन्ज । विगत २ महिनादेखि नेपालगन्जको बागेश्वरी मन्दिरमा संचालन गरिएको महाआरतीमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् । महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा सहभागी भएका हुन् । ज्ञानेन्द्र पुत्र पारस भने आरतीमा सहभागी भएनन् ।

नेपालगन्जको बागेश्वरी मन्दिरमा हरेक सोमबार महाआरती हुने गरिएकोमा आरतीको १४ औं संस्करणमा पूर्वराजाका परिवार सरिक हुन पुगेका हुन् ।

पूर्वराजाबाट नागरिक बनेका ज्ञानेन्द्रलाई महाआरतीमा बागेश्वरीका मुल महन्त चन्दननाथ योगीले राजाकै सम्मान प्रदान गरेका थिए । सर्वसाधारण भक्तजनहरुलाई दुर्व्यवहार गर्दै आएका मुल महन्तले पूर्वराजासहित परिवारलाई भने अतिविशिष्ट सम्मान दिँदै विशेष आसनमा बसालेका थिए । पूर्वराजाका परिवारलाई हेर्न ठूलो भीड लागेको थियो ।

पूर्वराजपरिवारका सदस्य बागेश्वरी मन्दिरमा केहीबेर पूजा गरेपछि महाआरतीमा सहभागी भएका थिए । पूर्वराजालाई राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणा, बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीलगायतले स्वागत गरेका थिए ।

शुक्रबार नेपालगन्ज पुगेका पूर्वराजा शाहलाई २० गते नेपालगन्जमा राप्रपाका महामन्त्री धवलसम्सेरको अगुवाईमा राजाबादीहरुले अभिनन्दन गर्ने तयारी गरेका छन् । एक महिना नेपालगञ्ज बस्ने कार्यतालिका बनाएका पूर्वराजाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दैछन् । ज्ञानेन्द्रको आइतबार जुम्ला जाने कार्यक्रम भने मौसमका कारण स्थगित भएको थियो ।

फोटो सौजन्य : भगतराम थारु

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : ५० बजे

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३