३ पुस २०८२, बिहिबार | December 18, 2025

एसिसी प्रिमियर कप : दबाबमा नेपाल, गुमायो तेस्रो विकेट



काठमाडौं । एसिसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको छ । पाहुना टोली यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा तिन विकेट गुमाएको हो ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी रोहन मुस्तफाको बलमा एल्बीडब्लू धरापमा परे । ८ बलमा सामना गरेका भुर्तेलले १ रन मात्र जोड्न सके । नेपालका अर्का ओपनर आशिफ शेख १० बलमा आठ रन बनाएर आउट भए । उनलाई युएईका आयान खानले आउट गरेका हुन् । नेपालले तेस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी नौ बलमा एक रन मात्रै बनाएर आउट भए । पौडेललाई रोहन मुस्तफाले आउट गरेका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३३.१ ओभरमा १ सय १७ रनमै अलआउट भयो । उसका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

त्यस्तै, आर्यन लाक्राले १३, कप्तान मोहम्मद वसिमले ११, जुनैद सिद्दिकी र बसिल हमीदले १०-१० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि ललितनारायण राजवंशीले ४, सन्दीप लामिछाने, करण केसीले २-२, सोमपाल कामी र गुलशन झाले १-१ विकेट लिए ।

सोमबार वर्षा कारण कारण नतिजा ननिस्किएपछि बाँकी फाइनल खेल आज बिहान ९ बजेदेखि २७.३ ओभरमा १०६ रन बनाएर ९ विकेट गुमाएको अवस्थाबाट सुरु सुरु भएको हो ।

सोमबार यूएईले ब्याटिङ गर्नेक्रममा पानी परेपछि खेल रोकिएको थियो । यदि आज पनि वर्षा बाधक बने खेलको नतिजा सुपर ओभरबाट निकाल्ने प्रयास हुनेछ । सुपर ओभरबाट पनि सम्भव नभए नेपाल एकदिवसीय वरियताको फाइदा उठाउँदै एसिया कपमा छनोट हुनेछ ।

हाल नेपाल आइसिसी ओडिआई वरियताको १४ औँ र यूएई १९ औँ स्थानमा छ । प्रिमियर कप विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : १९ बजे

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ