१८ असार २०८३, बिहिबार | July 3, 2026

एसिसी प्रिमियर कप : दबाबमा नेपाल, गुमायो तेस्रो विकेट



काठमाडौं । एसिसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको छ । पाहुना टोली यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा तिन विकेट गुमाएको हो ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी रोहन मुस्तफाको बलमा एल्बीडब्लू धरापमा परे । ८ बलमा सामना गरेका भुर्तेलले १ रन मात्र जोड्न सके । नेपालका अर्का ओपनर आशिफ शेख १० बलमा आठ रन बनाएर आउट भए । उनलाई युएईका आयान खानले आउट गरेका हुन् । नेपालले तेस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी नौ बलमा एक रन मात्रै बनाएर आउट भए । पौडेललाई रोहन मुस्तफाले आउट गरेका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३३.१ ओभरमा १ सय १७ रनमै अलआउट भयो । उसका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

त्यस्तै, आर्यन लाक्राले १३, कप्तान मोहम्मद वसिमले ११, जुनैद सिद्दिकी र बसिल हमीदले १०-१० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि ललितनारायण राजवंशीले ४, सन्दीप लामिछाने, करण केसीले २-२, सोमपाल कामी र गुलशन झाले १-१ विकेट लिए ।

सोमबार वर्षा कारण कारण नतिजा ननिस्किएपछि बाँकी फाइनल खेल आज बिहान ९ बजेदेखि २७.३ ओभरमा १०६ रन बनाएर ९ विकेट गुमाएको अवस्थाबाट सुरु सुरु भएको हो ।

सोमबार यूएईले ब्याटिङ गर्नेक्रममा पानी परेपछि खेल रोकिएको थियो । यदि आज पनि वर्षा बाधक बने खेलको नतिजा सुपर ओभरबाट निकाल्ने प्रयास हुनेछ । सुपर ओभरबाट पनि सम्भव नभए नेपाल एकदिवसीय वरियताको फाइदा उठाउँदै एसिया कपमा छनोट हुनेछ ।

हाल नेपाल आइसिसी ओडिआई वरियताको १४ औँ र यूएई १९ औँ स्थानमा छ । प्रिमियर कप विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : १९ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले