२ चैत्र २०८२, सोमबार | March 17, 2026

पूर्वराजाबाट ‘पञ्चायती व्यवस्था’ फर्काउन समर्थकहरुलाई आह्वान



नेपालगन्ज । संघीय गणतन्त्र नेपाल प्रति बफादार रहने कसम खाएका बाँके २ का प्रतिनिधिसभा सदस्य धवल सम्सेर जवराको अगुवाईमा बाँकेका राजाबादीहरुले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा अभिनन्दन गरेका छन् । नेपालगन्जको रामलिला मैदानमा एक कार्यक्रम गरेर राणाका समर्थक र राजाबादीहरुले पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरेका हुन् ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले दलका नेताहरुले राजनीतिलाई राज्यव्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति को अवस्थामा पु¥याएको आरोप लगाए । उनले नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भए पनि राजनीति राष्ट्रमुखी,जनमुखी र जनहितकारी हुन नसकेको बताए ।

उनले अहिले भएगरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै चलिरहेको बताउँदै चौसठ्ठीबर्ष पुर्वको चेतनाको त्यो झिल्कोमा जान समर्थकहरुलाई आह्वान गरे । पञ्चायती व्यवस्था प्रति संकेत गर्दै शाहले पञ्चायती व्यवस्थाको खाँचो झल्किरहेको बताए । पूर्व राजा शाहले पुरानो व्यवस्थालाई गौरवको संज्ञा दिँदै त्यसलाई फर्काउन समर्थकहरुलाई आह्वान गरे । ‘अब म भन्छु –अबहामीराष्ट्रको पुरानो गौरब फर्काउनकालागि उठौं र हामीहाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।यसको निम्ति के पुरुष, के महिला, के आजकाजाँगरिलो युवा, के अनुभवि बुढाबुढी सबै अब जुट्नु पर्दछ,’ उनले भने ।

उनले चौसठ्ठीबर्ष राजा महेन्द्रले पञ्चायती व्यवस्थाको उदघोष गरेको स्मरण गर्दै उनले महेन्द्रले तत्कालिन अवस्थामा नेपालको तत्कालीन राज्यविधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको सम्झे । ‘लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ – यो लामोअवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ।’ उनले भने ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र आफ्नो पत्नी कोमल, छोरी प्रेरणा र बहारी हिमानी सहित कार्यक्रमस्थल पुगेका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : २३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित