२ श्रावण २०८३, शनिबार | July 18, 2026

शिक्षाको गुणस्तर सुधार भए पहाडी जिल्लाको बसाइँसराई रोकिन्छ : सभामुख घिमिरे



अर्घाखाँची । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताएका छन् ।

उनले पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ भएको भन्दै बसाइँसराइ रोक्नका लागि शिक्षाको गुणस्तर सुधार गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भौतिक पूर्वाधार र सडक विस्तारले पूर्णता पाए पनि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्न स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले जोड दिनुपर्ने बताए ।

शिक्षा, स्वास्थ्यको सुधारसँगै कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने उनले बताए । उद्योगधन्दा जिल्लामा नभएसम्म बेरोजगार समस्याको हल नहुने उल्लेख गर्दै उनले युवाको बढ्दो वैदेशिक पलायन रोक्नुपर्ने बताए ।

विद्यालयको हीरक महोत्सव समारोहमा विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षाप्रेमी तथा अभिभावक, पूर्वशिक्षक, चन्दादातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद टोपबहादुर रायमाझी, बिजुला रायमाझी, पूर्वउपसभामुख पुष्पा भुसाल, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ, नेकपा (एमाले) का अध्यक्ष पीताम्बर भुसाल, नेकपा (माओवादी केन्द्र) का रामलाल पराजुली, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ५६ बजे

डडेल्धुरामा बलेरो दुर्घटना हुदाँ २ जनाको मृत्यु

धनगढी । डडेलधुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको