२८ मंसिर २०८२, आइतबार | December 15, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सन्दीप रायमाझीलाई अदालत लगिदैँ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई म्याद थपका लागि प्रहरीले अदालत लैजान लागेको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा हिजो सँझ बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याईएको थियो ।

काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याईएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद लिइनेछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिए पछि सन्दिपका पीता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ११ : २१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर