२ श्रावण २०८३, शनिबार | July 18, 2026

यसवर्ष फुलेन गुराँस



पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ ।

सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न । लालीगुराँस फुल्ने याङवरक-१ कै च्याङथापू बजारदेखि सीमावर्ती चिवाभञ्ज्याङसम्मका क्षेत्रमा समेत निकै कम गुराँस फुलेको छ । फालेलुङ गाउँपालिकाको फालोट क्षेत्र तथा फिदिम नगरपालिकामा पर्ने सुकेपोखरी, लोहकिल क्षेत्रमासमेत गुराँस फुलेको छैन ।

याङवरक-१ नन्दकुमार राईका अनुसार वर्ष विराएर गुराँस फुल्ने गर्दछ । यसवर्ष भने गुराँसको कोपिला लागेको समयमा असिना परेका कारण गुराँस नफुलेको हो ।

“यो वर्ष गुराँस फूल्ने वर्ष होइन्, वर्ष बिराएर गुराँस फुल्दछ”, राईले भने, “अलिअलि कोपिला लागेका गुँरासमा असिनाले नोक्सान गर्यो ।” गुराँस नफुल्दा पर्यटकको सङ्ख्या कम भएको राईको भनाइ छ ।

याङवरककै लक्ष्मण राईका अनुसार वातावरणीय असन्तुलनका कारण गुराँस नफुलको हो । “यो वर्ष तुलनात्मक रुपमा कम गुँरास फुल्ने पालो हो तर यति कम भने हुँदैन थियो”, राईले भने, “असिनाले पनि गुराँसलाई क्षति ग¥यो ।”

गुराँसको राजधानी मानिने तीनजुरे-मिल्के-जलजले क्षेत्रमा गुराँसकै अध्ययनमासमेत खोजकर्ता आउने गर्दछन् । प्रशस्तै गुराँस फुलेपनि पाँचथरमा पर्ने उच्च पहाडमा सीमित आन्तरिक पर्यटकले रमाइलो मात्रै गर्ने गर्दछन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : ४२ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ