४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सांसदहरुको एक स्वर – भ्रष्टाचार प्रकरणमा छानविन गरियोस



काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

हालसम्म देशमा भएका र समाचारमा आएका भ्रष्टाचारका प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुले माग गरे ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएका ठगीसहितका भ्रष्टाचारका प्रकरण छानबिन गर्न उनीहरुले माग गरे ।

कार्यव्यवस्था परामर्श समितिमा विशेष समय नदिने सहमति भएपनि सभामुख देवराज घिमिरेले भटाभट प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुलाई मात्र समय दिन थालेपछि सत्ता पक्षका सांसदहरुले आपत्ति जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले समय माग गर्ने सबै दलका सांसदहरुलाई समय दिन थालेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : ४६ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन