४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ का नेपाली कांग्रेसका वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ ।

सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध एवं भर्त्सना गरेको छ ।

पार्टी क्षेत्र नं २ का सभापति भेषबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर २२ वैशाखको विहान ९ बजे उनीहरुमाथि कुटपिट भएको भन्दै भर्त्सना गरेका छन् । घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनाँै अपरिचित व्यक्तिहरुले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय राजन पौडेल र उनकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिँदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : १६ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा