५ श्रावण २०८३, मंगलबार | July 21, 2026

वैदेशिक रोजगारीबाट फर्कँदा दुईवटा मोबाइल ल्याउन पाउने, झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने



काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।

श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले मोबाइल सम्बन्धि नयाँ मापदण्ड पारित गरेको हो ।

विसं २०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो तर मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो ।

त्यसैगरी बैठकले झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने निर्णय पनि गरेको छ । बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताइन् । उनले भनिन्, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय भएको छ ।”

मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा इसमिट बोर्ड अफ गभर्नमेन्स मिटिङमा सहभागी हुनका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने पनि निर्णय भएको छ”, उनले भनिन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ०८ बजे

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने

काठमाडौं । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ

सुनको मूल्य फेरि उकालो

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य लगातार