११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रतिनिधिसभा बैठकमा राप्रपाको विरोध, पन्ध्र मिनेटको लागि बैंठक स्थगित



काठमाडौं । राप्रपाका सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि सभामुख घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए । सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेर्दै नाराबाजी गरिरहे । यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गर्नुपर्ने भएकाले अहिलेलाई शून्य समयको मात्र व्यवस्था गरिएको भन्दै सभामुख घिमिरेले बैठक चल्न सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : २४ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक