६ श्रावण २०८३, बुधबार | July 22, 2026

भूटानी शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध



काठमाडौं । भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यमसँग अनुरोध गरेको छ ।

कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका क्रममा रहेको भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरुलाई ठगी गरी सङ्गठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नसक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न, गराउन अनुरोध गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीद्वारा जारी विप्तिमा भनिएको छ, ‘तथ्यमा आधारित र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूतरुपमा निष्कर्षमा पु¥याउन नेपाल प्रहरी प्रतिबद्ध छ ।’

सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ५२ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,