४ पुस २०८२, शुक्रबार | December 20, 2025

चैतसम्म नौ खर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।

गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रबाह वृद्धिदर १३ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ दशमलव ५ प्रतिशतले बढेर ३ तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा पाँच दशमलव पाँच प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९९ दशमलव ९ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको