काठमाडौं । चालु आर्थिक वर्षको दश महिनासम्म मुलुकमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ को वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० पुगेको छ । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ । गत वर्षको सोही अवधिमा लिने नेपालीको संख्या ३ लाख ७३ हजार ३ सय ७ रहेको थियो भने २ लाख ३६ हजार ३ सय ९८ जनाले पुन श्रम स्वीकृति लिएका थिए ।
प्रतिक्रिया