११ भदौ २०८३, बिहिबार | August 27, 2026

एक महिनामै भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स



काठमाडौं । चालु आर्थिक वर्षको दश महिनासम्म मुलुकमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ को वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० पुगेको छ । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ । गत वर्षको सोही अवधिमा लिने नेपालीको संख्या ३ लाख ७३ हजार ३ सय ७ रहेको थियो भने २ लाख ३६ हजार ३ सय ९८ जनाले पुन श्रम स्वीकृति लिएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १ : ०२ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल