३ माघ २०८१, बिहिबार | January 16, 2025

३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स, असोजमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो  ३ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
असोज महिनामा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो हालसम्मकै उच्च हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ०९ बजे

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै

लुम्बिनी । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता

हुम्लामा बाक्लो हिमपात

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्दार, ७८ शव निकालियो

जोहानेसवर्ग। दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार