२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026
सम्पूर्ण अपडेट

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु



लुम्बिनी । बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीनदिने सो मार्ट सुरु भएको हो ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान दीप प्रज्ज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको मार्टको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एकपटक भए पनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसङ्ग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरूले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिए ।

बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको उल्लेख गर्दै उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे । उनले लुम्बिनी प्रेरणा, शान्ति र सद्भावका लागि भ्रमण गर्नुपर्ने महत्वपूर्ण स्थल भएको बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउन बुुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर वली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी, होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनय शाहलगायतले लुम्बिनीसहित नेपालका पर्यटकीयस्थल भ्रमणका लागि निम्तो दिए ।

पर्यटन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो । मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट २८ वटा ट्राभल÷टुर कम्पनी सहभागी भएका छन् ।

मार्टमा विदेशी ट्राभल÷टुर कम्पनी, नेपाल सरकार, नेपाल पर्यटन बोर्डका अधिकारी, नाट्टाका सदस्य, पर्यटनसम्बद्ध सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता छ ।

शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए । ट्राभल कम्पनीलाई लुम्बिनीलाई केन्द्रमा राखेर ‘टुर प्याकेज’ निर्माणका लागि समेत सुुझाव दिइएको छ । ट्राभल मार्टमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने विषयमा सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गर्ने भनिएको भएपनि मुख्यमन्त्री चौधरी कार्यक्रममा उपस्थित नभएपछि विकास कोषका उपाध्यक्षबाट उदघाटन गराइएको थियो ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ६ : ५१ बजे

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार

चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा