१५ माघ २०८२, बिहिबार | January 30, 2026

खजुरामा २ दिने खाना महोत्सव



खजुरा । बाँकेको खजुरामा २ दिने खाना महोत्सव सुरु भएको छ । स्थानीय परम्परागत परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले खजुरामा खाना महोत्सवको आयोजना गरिएको हो ।

मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा संचालन गरिएको खाना महोत्सवको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले उदघाटन गरे । उदघाटनका अवसरमा बोल्दै अध्यक्ष विकले जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने खजुरा क्षेत्रमा स्थानीय परिकारको पहिचान दिने महोत्सवको आयोजना गरेर खजुरालाई आयोजकले न्याय दिएको बताए । उनले खजुरा आफैमा ऐतिहासिक स्थान भएको चर्चा गर्दै खजुराको पहिचान यहाँको बहुसांस्कृतिक परिकार पनि भएको दाबी गरे ।

गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले खजुरामा बिभिन्न आदिबासी जनजाती , भाषा धर्म र सम्प्रदाय बस्ने गरेकाले खाना महोत्सवले स्थानीयको पहिचानमा टेवा पुग्ने विस्वास व्यक्त गरिन् ।

सांस्कृतिक पहिचानले राष्ट्रियता मजबुत हुने भएकाले देशका ७ वटै प्रदेशमा ज्ञान केन्द्रले मौलिक खानाको प्रवर्द्धनको कार्यक्रम राखेको मारेक्सवादी ज्ञान केन्द्रका केन्द्रीय उपाध्यक्ष हुमनाथ न्यौपाने सुदीपले जानकारी दिए ।

कार्यक्रममा खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकी, मनकामना युवा क्लवका अध्यक्ष माधव शर्मा लगायतले आयोजकको योजनाको प्रशंसा गरेका थिए ।

खाना महोत्सवमा थारु समुदायको ढिकरी चटनी अचार माछाका परिकार, मुस्लिम समुदायको बिर्यानी, कबाफ लगायतका परिकार, स्थानीय राबडी खोवा, नेवारी खाजा सेट, सेल रोटि, मालपुवा, थकाली खाना तथा गुरुङ मगरको रैथाने खाना उपलब्ध हुने बताइएपनि निकै कम संख्यामा परिकारहरु महोत्सवमा उपलब्ध थिए । महोत्सवको आकर्षणकारुपमा खोइले बिर्को लोकल रक्सी पनि उपलब्ध रहेको थियो ।

प्रचारमा देखाइएका परिकारको स्वाद लिन पुगेका स्थानीयले प्रचार गरिएको भन्दा आधा पनि परिकार नभेटेपछि आयोजकको आलोचना गरेका थिए । महोत्सवमा बिर्यानी, नेवारी परिकार, राबडी, मालपुवा, माछाका परिकार जस्ता स्थानीय परिकार उपलब्ध थिएनन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : १५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला