१७ माघ २०८२, शनिबार | January 31, 2026

इसेवा मनि ट्रान्सफरले तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजाँदै



काठमाडौ । तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ ।

कार्य संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ ।
त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन् ।

त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ । हाल, यस कम्पनीका मुलुकभर १२,००० भन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन् जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिन्छ । यति मात्र नभएर देशका कुना–कुनासम्म रहेका इसेवाका १ लाख १२,००० एजेण्ट क्यास पोइन्ट मार्फत पनि उपभोक्ताले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन् ।

तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेस कोइरालाले भने,“ कार्य संचालनको ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा एकदमै खुशी र उत्साहित रहेको बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ३० बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले