६ श्रावण २०८३, बुधबार | July 22, 2026

गुरुद्धारमा रक्सी पिएको भन्दै महिलाको गोली हानी हत्या



नयाँदिल्ली । पटियालाको गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ । पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार घटना आइतबार साँझ भएको हो ।

पुलिसले भने कि परमिंदर कौर नामकी एक महिलाले दुख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेको थिइन ।  अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन । सिंह नियमित गुरुद्वारा जाने गर्थे।

‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे । तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको लाइसेन्स प्राप्त रिभल्भरबाट महिलामाथि पाँच राउण्ड गोली हानेका थिए।’  गोलीवाट घाइते कौरलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सो घटनामा घाइते भएका एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । सो घटनाको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १ : ०७ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक