२२ बैशाख २०८१, शनिबार | May 4, 2024

गुरुद्धारमा रक्सी पिएको भन्दै महिलाको गोली हानी हत्या



नयाँदिल्ली । पटियालाको गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ । पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार घटना आइतबार साँझ भएको हो ।

पुलिसले भने कि परमिंदर कौर नामकी एक महिलाले दुख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेको थिइन ।  अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन । सिंह नियमित गुरुद्वारा जाने गर्थे।

‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे । तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको लाइसेन्स प्राप्त रिभल्भरबाट महिलामाथि पाँच राउण्ड गोली हानेका थिए।’  गोलीवाट घाइते कौरलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सो घटनामा घाइते भएका एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । सो घटनाको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १ : ०७ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ