६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई म्याद थप गरिएको हो ।

पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो । अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।

प्रहरीको गाडीबाट उत्रने बित्तिकै हँसिलो मुद्रामा देखिएका रायमाझीले पत्रकारसमक्ष हात हल्लाउँदै तस्बिर खिचाएर कार्यालयभित्र प्रवेश गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने मास्क लगाएरमात्रै मिडियासामु देखिने गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ३ : २७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र