७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले सबै प्रकारका भ्रष्टाचार छानबिन गर्न तयार : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताए ।

“नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय भएको छ,” उनले भने ।

बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उनले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखे ।

शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गरे । उनले मुलुकलाई सुशासनतर्फ लैजानका लागि सबै प्रकारका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए ।

महासचिव पोखरेलले एमाले सबै प्रकारका भ्रष्टाचारका घटनाको छानबिन गर्न तयार रहेको बताए । उनले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताए । सुशासन, स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षाको नेतृत्व गर्ने एमालेलाई कमजोर पार्नका लागि एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवा सङ्घ नयाँ युवाको बीचमा गई सङ्गठन विस्तार गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा एमालेलाई बहुमतमा ल्याउन अभियान चलाउनुपर्ने भन्दै युवामा रहेको ऊर्जालाई एमालेले मर्न नदिने बताए ।

युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १० : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज