११ भदौ २०८३, बिहिबार | August 27, 2026

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ । कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : २९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि