२ पुस २०८२, बुधबार | December 17, 2025

प्रिमियर लिगमा लिभरपुलको सहज जीत



काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ । लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३-० को सहज जित निकाल्दै लिगको शीर्ष चारमा नै रहने सम्भावना बलियोसमेत बनाएको छ ।

किङपावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जित पछि उसको चौथो स्थानमा उक्लिने सम्भावना बलियो बन्दै गएको हो ।

सो खेलको ३३ औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १-० को अग्रता लिन सुरु गरेको थियो र त्यसको तीन मिनेट पछि नै अथाएत ३६ औं मिनेटमा जोन्सले मोहम्मद सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोलसँगै लिभरपुल पहिलो हाफमा २-० ले अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ७१ औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले थप गोल  गरे पछि लिभरपुल सहज रुपमा ३-० को अग्रता कायम गर्न सफल हुन पुग्यो । त्यसपछि दुवै टोलीवाट कुनै गोल हुन सकेन र अन्ततः खेल ३-० मा नै टुंगियो ।

यस जितसँगै लिभरपुलले ३६ खेलबाट ६५ अंक बटुेलेको छ भने पराजित लेस्टर समान ३६ खेलबाट ३० अंक जोडेर १९ औं स्थानमा सिमित रहन पुगेको छ । पछिल्लो यो जीतसँगै पाचौं स्थानमा रहेको लिभरपुललाई चौथौं स्थानमा जानका लागि थप सहज भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : ३८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका