२२ बैशाख २०८१, शनिबार | May 4, 2024

अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या



फार्मिङ्टन । अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।

गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ । गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ ।

अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते भएको प्रहरीले बताएको छ ।

सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुक मार्फत जानकारी दिदै एकजना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ । यसैबीच फार्मिङ्टनमा भएको गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ ।

बिहान ११ बजे गोली चलेको खबर आएपछि आसपासका विद्यालयमा विद्यार्थिहरूलाई विद्यालयमै सुरक्षित राखिएको थियो । शहरको प्रहरी विभागले फेसबुक पोस्टमा भनेको छ- कम्तिमा तीन जना सर्वसाधारणको हत्या भएको थियो र संदिग्धलाई मारिएको छ । घाइतेहरूको सान जुआन क्षेत्रीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले मारिएका र घाइते भएकाहरूको नाम सार्वजनिक गरेको छैन । घटना बारे विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन । गम्भीर अनुसन्धान भइरहेको मात्र उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १ : २३ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा