२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आईपीएल : दिल्लीसँग १५ रनले पराजित भएपछि पञ्जाबको प्लेअफ यात्रा कठिन



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको हो ।

धर्मशालामा राति भएको खेलमा दिल्लीले दिएको २१४ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १९८ रन बनाएको थियो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ९४ रन बनाए भने अथर्व तायडले ५५ रन बनाए । त्यस्तै प्रभसिमरन सिंहले २२ रन बनाए भने साम कुरानले ११ रन बनाएका थिए ।

त्यसैगरी दिल्लीका बलर इशान्त शर्मा र एनरीच नोर्त्जेले २-२ विकेट लिए भने खलील अहमद र अक्सर पटेलले १-१ विकेट लिएका थिए ।

यसअघि दिल्लीले २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको थियो । दिल्लीका लागि रिली रोस्सोले सर्बाधिक ३७ बलमा अविजित ८२ रन बनाएका थिए भने पृथ्वी शाले ५४ रन बनाएका थिए ।

त्यस्तै कप्तान डेविड वार्नरले ४६ रन बनाए भने फिल साल्टले अविजित २६ रन बनाए । त्यस्तै पञ्जाबका बलर साम कुरानले दुवै विकेट लिएका थिए ।

दिल्लीको यो जितले पञ्जाबको प्लेअफ यात्रालाई कठिन बनाइदिएको छ । दिल्ली यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाबको भने यस हारबाट १३ खेलमा १२ अंक भएको छ र अब अन्तिम खेल जितेपनि प्लेअफमा पुग्न अन्य टिमको नतिजामा भरपर्नुपर्ने देखिन्छ ।

तर यो हारपछि पञ्जाबको प्लेअफ यात्रा लगभग समाप्त भएको देखिन्छ । पञ्जाब अहिले १३ खेलमा १२ अंकसहित अंकतालिकामा आठौँ स्थानमा रहेको छ ।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्लोर राति पौने ८ बजे हैदरावादमा खेल्नेछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ०५ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो