५ पुस २०८२, शनिबार | December 20, 2025

आईपीएल : दिल्लीसँग १५ रनले पराजित भएपछि पञ्जाबको प्लेअफ यात्रा कठिन



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको हो ।

धर्मशालामा राति भएको खेलमा दिल्लीले दिएको २१४ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १९८ रन बनाएको थियो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ९४ रन बनाए भने अथर्व तायडले ५५ रन बनाए । त्यस्तै प्रभसिमरन सिंहले २२ रन बनाए भने साम कुरानले ११ रन बनाएका थिए ।

त्यसैगरी दिल्लीका बलर इशान्त शर्मा र एनरीच नोर्त्जेले २-२ विकेट लिए भने खलील अहमद र अक्सर पटेलले १-१ विकेट लिएका थिए ।

यसअघि दिल्लीले २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको थियो । दिल्लीका लागि रिली रोस्सोले सर्बाधिक ३७ बलमा अविजित ८२ रन बनाएका थिए भने पृथ्वी शाले ५४ रन बनाएका थिए ।

त्यस्तै कप्तान डेविड वार्नरले ४६ रन बनाए भने फिल साल्टले अविजित २६ रन बनाए । त्यस्तै पञ्जाबका बलर साम कुरानले दुवै विकेट लिएका थिए ।

दिल्लीको यो जितले पञ्जाबको प्लेअफ यात्रालाई कठिन बनाइदिएको छ । दिल्ली यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाबको भने यस हारबाट १३ खेलमा १२ अंक भएको छ र अब अन्तिम खेल जितेपनि प्लेअफमा पुग्न अन्य टिमको नतिजामा भरपर्नुपर्ने देखिन्छ ।

तर यो हारपछि पञ्जाबको प्लेअफ यात्रा लगभग समाप्त भएको देखिन्छ । पञ्जाब अहिले १३ खेलमा १२ अंकसहित अंकतालिकामा आठौँ स्थानमा रहेको छ ।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्लोर राति पौने ८ बजे हैदरावादमा खेल्नेछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ०५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता