२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

४४ डिग्री तापक्रम पुगेका बेला विद्युत अवरुद्ध हुन थालेपछि खजुरामा आन्दोलनको तयारी



खजुरा । गर्मीयाम सुरुभएसँगै बाँकेको खजुरा क्षेत्रमा लगातार विद्युत अवरुद्ध गरिएको भन्दै स्थानीयले विद्युत प्राधिकरण विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । विना सूचना घण्टौंसम्म विद्युतको सप्लाई बन्द गरिने र चालु रहँदा पनि पटक पटक आउने जाने गरेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

खजुरा क्षेत्रको अगुवा संस्था खजुरा क्षेत्र संरक्षण समितिले आज प्राधिकरणको खजुरा शाखा मार्फत ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र विद्युत बिना सूचना विद्युत सप्लाई अवरुद्ध नगर्न माग गरेको छ । नेपालगन्ज वितरण केन्द्रलाई सम्बोधन गरेर बुझाइएको ज्ञापनपत्र समितका अध्यक्ष प्रेम बुढाथोकीले खजुरा शाखाका प्रमुख कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।

क्षेत्र संरक्षण समितिले बुझाएको ज्ञापनपत्रमा खजुरा क्षेत्रलाई विद्युत सप्लाईमा पक्षपात गर्ने र अवहेलना गर्ने गरिएको उल्ल्ख गरिएको छ । ‘खजुरा बजारको पेडारी नाला पश्चिम क्षेत्रलाई मैनापोखराबाट विद्युत सप्लाई गर्ने गरिएदेखि लगातार अनियमितता हुने गरेको र लगातारको विद्युत अवरुद्धका कारण ४४ डिग्री बढी तापक्रममा स्थानीयले सास्ती खेप्न बाध्य हुनु परेको छ । भोल्टेजको गडवडीका कारण विद्युतिय उपकरणहरु सर्ट हुने, आगलागी हुने जस्ता घटनाहरु पनि हुने गरेका छन् ।’ ज्ञापन पत्रमा लेखिएको छ ।

ज्ञापनपत्रमा विद्युत सप्लाई अवरुद्ध भए लगत्तै खजुरा स्थित विद्युत कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलको मोबाईलको स्वीच अफ हुने, कार्यालयको ०८१५६००५२ नउठ्ने तथा विद्युत उपभोक्तालाई सूचनाबाट समेत बन्चित राख्ने गरिएको उल्लेख गरिएको छ ।

समितिले बिना कारण र बिना अग्रिम सूचना विद्युत सप्लाई बन्द नगर्न प्राधिकरणलाई आग्रह गर्दै अबका दिनहरुमा पनि बिना सूचना र बिना कारण विद्युत सप्लाई अवरुद्ध गर्ने र उपभोक्तालाई विद्युत नहुनुको कारण समेत जानकारी नदिने कार्य भएमा क्षेत्र संरक्षण समितिको अगुवाईमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

समितिका अध्यक्ष प्रेम बुढाथोकी सहितको पदाधिकारीले आजै स्थानीय खजुरा गाँउपालिका पुगेर लगातारको विद्युत अवरुद्ध हुने गरेको प्रति स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ४ : ०६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री