१६ असार २०८३, मंगलबार | July 1, 2026

आईपीएल : बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।

सनराइजर्सले दिएको १८७ रनको लक्ष्य पछाएको बैंगलोरले १९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

बैंगलोरको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६३ बलमा १०० रन बनाएर आउट भएका थिए । विराटले आइपिएलमा बनाएको यो छैटौं शतक हो । उनले क्रिस गेलले बनाएको ६ शतकको रेकर्डको बराबरी गरेका छन् ।
त्यस्तै कप्तान फाफ डु प्लेसिसले ७१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिच क्लासेनले शतकीय पारी खेलेका थिए । क्लासेनले ५१ बलरमा १०४ रन बनाएका थिए । त्यस्तै ह्यारी ब्रुकले २७, कप्तान एडेन मार्क्रमले १८, राहुल त्रिपाठीले १५ र अभिषेक शर्माले ११ रन बनाएका थिए ।

त्यसैगरी मिचेल ब्रासवेलले २ विकेट लिए भने मोहमद सिराज, शहबाज अहमद र हर्षल पटेलएल एक एक विकेट लिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलोरको १३ खेलमा १४ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ । यो जितपछि बैंगलोरको प्लेअफको सम्भावना कायमै रहेको छ । त्यस्तै प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको यस सिजनमा यो नवौं हार हो । सनराइजर्सको १३ खेलमा ८ अंक रहेको छ ।

आईपीएलमा आज पन्जाव किङ्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल धरमपुरमा शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ३६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी