११ भदौ २०८३, बिहिबार | August 28, 2026

असान्दर्भिक सरकारी संस्था खारेज गर्ने सरकारको नीति



काठमाडौं । नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काम नभएका सरकारी कार्यलय खारेजी गर्ने उल्लेख गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।

‘वर्तमान अवस्थामा असान्दर्भिक भएका कार्यान्वयनमा दोहोरोपन भएका उद्देश्य अनुसार सञ्चालन हुन नसकेका सरकारी कार्यलय, सार्वजनिक संस्था, विकास समिति तथा कोषहरुलाई एकआपसमा गाभ्ने अथवा खारेज गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसअघि २०७५ मा सरकारले गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले उचित प्रतिफल दिन नसकेका, तर कर्मचारीको तलब-भत्ता, सवारीसाधन र कार्यालयको मर्मतलगायतमा आर्थिक भार थपिरहेका ३१ कार्यालय, संस्थान, कोष, बोर्ड, आयोगलगायत खारेज गर्न सिफारिस गरेको थियो। त्यसमध्ये करिब १ दर्जन संस्थाहरुले सरकारलाई करिब ४४ अर्ब माथी घाटा भइसकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : ५५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि