६ पुस २०८२, आइतबार | December 21, 2025

टुरिजम विषयलाई प्रयोगात्मक बनाउन सुझाव



बुटवल । सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमहरुलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको आयोजनामा शुक्रबार बुटवलमा सम्पन्न पर्यटन शिक्षाको पाठ्यक्रम सम्बन्धी अन्र्तक्रियामा बोल्दै विज्ञहरुले पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन सुझाव दिए ।

बिभिन्न विश्वविद्यालयका पर्यटन तथा होटल व्यवस्थापन विषयमा स्नातकोत्तर पास भएको जनशक्तिमा शुन्य सीप हुँदा शिक्षा अनुरुपको रोजगारी पाउन नसकेको उनीहरुको भनाई थियो । पढ्दै, काम गर्दै पेैसा आर्जन गर्ने तरिकाले विश्वविद्यालयले पाठ्यक्रम विकास गर्नुपर्ने सुझाव सरोकारवालाको थियो । विश्वविद्यालयले पाठ्यक्रम सन्दर्भमा सुझाव संकलनका लागि यस क्षेत्रमा रहेका होटल तथा पर्यटन व्यवस्थापन अध्यापन गर्ने शैक्षिक प्रतिष्ठान तथा उद्योग क्षेत्रका सरोकारवालासंग छलफल गरेको कार्यक्रम संयोजन श्रीप्रसाद भट्टराईले जानकारी दिए ।

विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्र कुमार न्यौपानले बौद्ध दर्शनमा रहेर पर्यटन तथा होटल व्यवस्थापन पाठ्यक्रम तयार गर्ने गरी सुझाव संकलन गर्न अन्र्तक्रिया गरिएको बताए । सरोकारवालाहरुको सुझावलाई मार्गदर्शनका रुपमा लिइने उनको भनाई थियो ।

कार्यक्रममा धारणा राख्दै ड्रिम ग्रुपका म्यानेजर राजेन्द्र पौडेलले पढ्दै गरेको विद्यार्थीले सेवामुलक क्षेत्रमा आंशिक समय काम गर्ने परिपाटीको विकास हुने हो भने विदेश जानेको संख्यामा कमि आउन सक्ने बताए । विश्वविद्यालयका विद्यार्थीहरु देशकै होटल लगायतका सेवा क्षेत्रमा पढ्न जानुपर्ने अवस्थाको सिर्जना गरिनुपर्ने उनको धारणा थियो ।

बुटवल मोडल कलेजका प्राचार्य नेत्र बस्यालले टुरिजमको खास अर्थलाई आत्मसाथ गरेर स्वदेशी भुगोल सुहाउदो पाठ्यक्रमको आवश्यकता रहेको बताए । उनले शिक्षित जनशक्तिले उद्यमशिलता कसरी गर्न सक्ने भन्ने आइडिया समेत पाठ्यक्रममा आवश्यकता रहेको बताए ।

शिक्षक बरुण ज्ञवालीले उद्योग केन्द्रीत पाठ्यक्रमको आवश्यक रहेको भन्दै एउटा सेमेष्टरमा कम्तिमा एउटा प्रयोगात्मक विषय हुनुपर्ने सुझाव दिए । अर्का शिक्षक रामचन्द्र कार्कीले दोस्रो भाषा सिकाई पनि पर्यटन विषयमा महत्वपूर्ण रहेको भन्दै त्यसलाई प्राथमिकताका साथ राख्नुपर्नेमा जोड दिए ।

एक्सिस कलेजका ध्रुब बस्यालले परम्परागत शिक्षण त्यागी प्रयोगात्मकमा जोड दिए मात्रै जनशक्ति सक्षम निस्किने बताए । अक्सफोर्डका शिक्षक गोबिन्द गाहाले होटल र उद्योगको आवश्यकताका आधारमा सीपयुक्त जनशक्तिको आवश्यकता रहेको बताए । शिक्षक शुशिल गिरीले सिक्दै पढ्दै गर्ने परिपाटी हुनुपर्ने बताए ।

बुटवलका बिभिन्न कलेजहरुमा प्राध्यापनरत शिक्षकहरु इश्वर चौधरी, सोनम गिरी, धिरज लामटांगे, अक्सफोर्ड कलेजका ओमबहादुर खत्री, विनिता पौडेल, कालिका मानवज्ञान माविका शिक्षक युवराज कंडेल, प्रसन्न घिमिरे, सुरज पोखरेल लगायतले बोल्दै टुरिजम सम्बन्धी पाठ्यक्रमले पर्यटकलाई आवश्यक चिजवस्तु उत्पादन, त्यसको विक्री वितरण गर्ने खुबीसहित नेपालको भुगोलको विषयमा जानकारी दिन सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा अक्सफोर्ड कलेज, होराइजन कलेज, पाणिनी कलेज, आइएसएमटी कलेज, बुटवल मोडल कलेज, मणिमुकुन्द कलेज लगायत विभिन्न शिक्षण संस्था, तालिम प्रदायक संस्था, होटल तथा उद्योगका सरोकारवालाको सहभागिता रहेको थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवल सिटी क्यामपस नयाँगाउ र केन्द्रीय क्याम्पस लुम्बिनीमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषय पठनपाठन गर्दै आएको छ । शैक्षिक कार्यक्रमको पाठ्यक्रम परिमार्जनका सन्दर्भमा बिभिन्न सरोकारवालासंग छलफल कार्यक्रम भइरहेको विश्वविद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ५३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको