२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुटवलबाट लागूऔषधसहित दुई जना पक्राउ



बुटवल । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लुकिछिपी लागूऔषध (ब्राउन सुगर) को कारोबार गर्ने बुटवल उपमहारनगरपालिका-१९ पत्थरगंज मिलनटोलमा बस्दै आएकी स्याङजाकी ४१ वर्षीय माया गुरुङ र बुटवल ११ मा बस्दै आएका ४० वर्षीय नारायणप्रसाद सिंजापतीलाई प्रहरीले पक्राउ गरेको हो ।

नयाँ बसपार्कमा शंकास्पद अवस्थामा हिडेका सिंजापतीको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको र अनुसन्धान गर्दा गुरुङले कोठाभाडा लिएर बस्दै आएको ठाउँबाट लागूऔषध भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा खटेको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरूबाट १२ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र ‘स्पाशमोइक’ लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : ०८ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि