३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवलबाट स्कुटर चोरी गर्ने २ जना स्कुटर सहित पक्राउ



बुटवल । बिहिबार बुटवल १३ स्थित एक रेष्टुरेन्ट अगाडि पार्किङ गरिएको स्कुटर चोरी गर्ने २ जना स्कुटर सहित पक्राउ परेका छन् । चोरी भएको ४ घण्टा नबित्दै बुटवल प्रहरीले चोरीमा संलग्न २ जनालाई स्कुटर सहित पक्राउ गरेको हो ।

बुटवल उप-महानगरपालिका वडा नं.१३ स्थित ज्ञवात रेष्टुरेण्ट अगाडी पार्किङ गरी राखेको कमला प्रधानको नाममा दर्ता भई कृष श्रेष्ठले चलाउदै आएको लु ६४ प २६०९ नम्वरको यामाहा कम्पनिको स्कुटर चोरी बिहिबार मध्यान्ह चोरी भएकोमा सोही राती बुटवल उप-महानगरपालिका वडा नं.५ बाट चोरीमा संलग्न २ जना र वडा नम्बर ११ बाट स्कुटर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न भएको आरोपमा बुटवल ११ देबिनगर बस्ने बर्ष २६ को मनोज कार्की र वडा नम्बर ३ बस्ने बर्ष ३५ का सुरेन्द्र अमात्यलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुकै बयानका आधारमा बुटवल ११ नमस्ते पथबाट चोरी भएको स्कुटर बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : २८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको