२४ माघ २०८२, शनिबार | February 7, 2026

बुटवलबाट स्कुटर चोरी गर्ने २ जना स्कुटर सहित पक्राउ



बुटवल । बिहिबार बुटवल १३ स्थित एक रेष्टुरेन्ट अगाडि पार्किङ गरिएको स्कुटर चोरी गर्ने २ जना स्कुटर सहित पक्राउ परेका छन् । चोरी भएको ४ घण्टा नबित्दै बुटवल प्रहरीले चोरीमा संलग्न २ जनालाई स्कुटर सहित पक्राउ गरेको हो ।

बुटवल उप-महानगरपालिका वडा नं.१३ स्थित ज्ञवात रेष्टुरेण्ट अगाडी पार्किङ गरी राखेको कमला प्रधानको नाममा दर्ता भई कृष श्रेष्ठले चलाउदै आएको लु ६४ प २६०९ नम्वरको यामाहा कम्पनिको स्कुटर चोरी बिहिबार मध्यान्ह चोरी भएकोमा सोही राती बुटवल उप-महानगरपालिका वडा नं.५ बाट चोरीमा संलग्न २ जना र वडा नम्बर ११ बाट स्कुटर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न भएको आरोपमा बुटवल ११ देबिनगर बस्ने बर्ष २६ को मनोज कार्की र वडा नम्बर ३ बस्ने बर्ष ३५ का सुरेन्द्र अमात्यलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुकै बयानका आधारमा बुटवल ११ नमस्ते पथबाट चोरी भएको स्कुटर बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : २८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै