२९ भदौ २०८३, सोमबार | September 14, 2026

आईपीएल : कोलकोत्ताविरुद्ध लखनउ एक रनले विजयी



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले कोलकोत्ता नाइट राइडर्समाथि रोचक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लखनउले कोलकोतालाई १ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकोत्ता निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रनमा समेटिएको हो ।

शनिबार नै भएको पहिलो खेलमा चेन्नई सुुपर किङ्ससँग दिल्ली क्यापिटल्स ७७ रनले पराजित भएको थियो । यो जितसँगै चेन्नई र लखनउ आईपीएलको प्लेअफमा पुगेका छन् ।

आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राति रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सको सामना गर्नेछ । गुजरातले प्लेअफमा स्थान बनाइसकेको छ भने बैंग्लोर र मुम्बई प्लेअफका लागि संघर्षरत छन् । सनराइजर्स हैदरावादको भने प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ६ : २९ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा