४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल : कोलकोत्ताविरुद्ध लखनउ एक रनले विजयी



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले कोलकोत्ता नाइट राइडर्समाथि रोचक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लखनउले कोलकोतालाई १ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकोत्ता निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रनमा समेटिएको हो ।

शनिबार नै भएको पहिलो खेलमा चेन्नई सुुपर किङ्ससँग दिल्ली क्यापिटल्स ७७ रनले पराजित भएको थियो । यो जितसँगै चेन्नई र लखनउ आईपीएलको प्लेअफमा पुगेका छन् ।

आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राति रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सको सामना गर्नेछ । गुजरातले प्लेअफमा स्थान बनाइसकेको छ भने बैंग्लोर र मुम्बई प्लेअफका लागि संघर्षरत छन् । सनराइजर्स हैदरावादको भने प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ६ : २९ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१